काठमाडौ । नेपाल र युइएबीच आज एसीसी पुरुष यू–१९ प्रिमियर कपको फाइनल खेल हुदैछ । यो खेल नेपाली समय अनुसार बिहान १०:४५ बजेदेखि शुरु हुने छ ।
उस अघि सेमिफाइनलमा नेपालले मलेसियालाई ९ विकेटले पराजित गरेर फाइनलमा पुगेको हो भने युएईले ओमानलाई ८ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । फाइनलमा पुगेसँगै नेपाल र युएई आगामी डिसेम्बरमा हुने यू-१९ एशिया कपमा छनौट भएका छन् ।
त्यस्तै मलेसिया र ओमानबीच तेस्रो स्थानको खेल पनि आज नै हुदैछ । यो खेल जित्ने देश पनि तेस्रो हुदै एशिया कपमा छनौट हुने छ ।
यू-१९ एशिया कपका लागि आइसीसीका पुर्णकालिन सदस्य देश अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र श्रीलंका सिधै छनौट भएका छन् । भने प्रिमियर कपबाट नेपाल र युएई छनौट भएका छन् ।’
FACEBOOK COMMENTS