काठमाडौं । नेपाल राष्ट्र बैंकले नीतिगत दर र स्थायी तरलता सुविधा घटाएको छ ।
राष्ट्र बैंकले चालू आर्थिक वर्षको पहिलो मौद्रिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरलाई ४.२५ प्रतिशतमा झारेको छ । यसअघि यो ४.५० प्रतिशत थियो ।
त्यसैगरी स्थायी तरलता सुविधा भने ६ प्रतिशतबाट घटाएर ५.७५ प्रतिशत कायम गरेको छ ।
तर, ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको स्थायी निक्षेप सुविधा दरलाई भने यथावत् अर्थात् २.७५ प्रतिशत नै राखेको छ ।
FACEBOOK COMMENTS