काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मुल्य तोलाको ३ सयले घटेर तोलाको २ लाख ५३ हजार ३ सयमा कारोबार भइरहेको छ ।
यसअघि सोमबार सुन तोलाको २ लाख ५३ हजार ६ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर ३५४५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको ३५३५ मा कारोबार भएको थियो ।
FACEBOOK COMMENTS