काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अधिकारी, पूर्व पूर्व महानिर्देशक मुरारी भण्डारीविरुद्ध मुद्दा दायर गरेको हो ।
विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेका अनुसार प्रतिव्यक्ति १३ करोड ५७ लाख रुपैयाँको बिगो दाबी गरिएको छ ।
यो मुद्दामा ७ जनालाई प्रतिवादी बनाइएको छ । भक्तपुरको नलिन्चोक हेलिकप्टर प्रकरणको भ्रष्टाचार मुद्दा दायर भएको हो ।
FACEBOOK COMMENTS