काठमाडौं । नेपालका लागि हुन्डाई गाडीहरूको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले काठमाडौं देखि कन्याकुमारीसम्म र फर्केर आउने एउटा उल्लेखनीय सडक यात्रामा निस्केका तीन जना नेपाली यात्रीहरूको यात्राबारे जानकारी गराउन पाउँदा खुसी व्यक्त गरेको छ ।
यस टोलीमा अटो इन्थुजियास्ट आवासिस ओझा, बैंकर विजय कसाजू, र हाल अमेरिकामा बसोबास गर्दै आएका नीरज पोखरेले यो १३ दिने यात्रा मंसिर १७ देखि मंसिर २९ सम्म चल्नेछ । यस अवधिमा करिब ८,००० किलोमिटर को दूरी पार गरिनेछ, जसमा दैनिक ८ देखि १९ घण्टासम्मको लामो यात्रा समावेश छ।
यो यात्रामा यात्रीहरूले श्री विजय कसाजूको हुन्डाई टक्सन प्रयोग गर्दैछन्, जुन लामो दूरीको यात्रा क्षमता र आरामका लागि प्रसिद्ध एक प्रिमियम एसयूभी मानिन्छ । हुन्डाई टक्सन आफ्नो अल–व्हील ड्राइभ क्षमता, उच्च ग्राउन्ड क्लियरेन्स, र बलियो बनावटका कारण मिश्रित सडक अवस्थाहरूमा लामो भू–भागको यात्राका लागि उपयुक्त मानिन्छ।
टक्सनको भित्री भागमा फराकिलो क्याबिन र लामो समय सडकमा रहँदा यात्रुहरूलाई आराम दिनका लागि भेन्टिलेटेड सिटहरू उपलब्ध छन्। यसका अतिरिक्त, आवश्यक परे आरामका लागि यात्रीहरूले पछाडिको सिटमा क्याराभान शैलीको विश्रामको व्यवस्था पनि बनाएका छन् ।
यस स्तरका सडक यात्राहरूले नेपाली यात्रुहरू बीचको साहसिक भावनालाई उजागर गर्नुका साथै सीमापार पर्यटन, सांस्कृतिक आदानप्रदान, र सडक गतिशीलता चेतनालाई प्रवद्र्धन गर्न मद्दत गर्दछन्। लक्ष्मी इन्टरकन्टिनेन्टलले सम्पूर्ण टोलीलाई सुरक्षित, सहज र स्मरणीय यात्राको लागि हार्दिक शुभकामना व्यक्त गरेको छ ।

FACEBOOK COMMENTS