काठमाडौँ । उर्जामन्त्री कुलमान घिसिङले जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका छन् ।
उज्यालो नेपाल पार्टीको घोषणा सभामा बोल्दै घिसिङले अब जेनजी आन्दोलनलाई संस्थागत गर्न सबै लाग्नुपर्ने बताउदै जेनजी आन्दोलन लामो देखिको फ्रस्टेसनका कारण भएको बताएका हुन् ।
उनले अब सबै वैकल्पिक शक्तिहरु एक ठाउमा आएर यो परिवर्तनलाई परिणाममा बदल्नुपर्ने धारणा राखेका छन् । परिवर्तनको अवसर आएको बेला भाग्ने हो भने परिणाम नआउने भन्दै अब सबै अघि सरेर लाग्न आव्हान गरेका छन् ।
मन्त्री घिसिङले अब समृद्ध हुन धेरै समय नलाग्ने भन्दै देशको समृद्धिको प्रमुख आधार सुशासन भएको बताए । उनले जेनजी आन्दोलनको प्रमुख एजेन्डा पनि सुशासन भएको बताउदै मन्त्री घिसिङले बाहिर बसेर गालि गर्दैमा परिणाम नआउने धारणा राखेका छन् । उनले परिवर्तनलाई परिणाममा बदल्न सहि व्यक्ति छानेर देशलाई अगाडी बढाउनुपर्ने बताए ।
FACEBOOK COMMENTS