काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले २३ गते काठमाडौंमा हुने प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।
आज पत्रकार सम्मेलन गरेर आन्दोलनका कामाण्डर ज्ञानेन्द्र शाही पार्टीभन्दा माथि उठेर देश जोगाउने आन्दोलनमा सहभागी हुन आग्रह गरे ।
संविधान संशोधनको माग गर्दै उनले प्रदेश खारेजी, हिन्दू राज्य, संवैधानिक राजा, संवैधानिक आयोगमा राजनीतिक नियुक्ति बन्द, स्थानीय तह गैर दलीय, भ्रष्टाचारीलाई आजीवन कारावास र जेनजी आन्दोलनको हत्यारालाई कारबाहीको माग राखे ।
राजा, जेन जी र दलहरूबीचको त्रिपक्षीय सम्झौता गर्न माग गर्दै आफूहरूले उठाएको एजेन्डामा समर्थन गर्नेहरूलाई एकैठाउँमा उभिन आह्वान समेत गरे ।
FACEBOOK COMMENTS