काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको घर सिमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्ने र गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहने बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै नेता बस्नेतले ओलीका लागि २-३ कोठाको घर नबन्ने भन्दै केपी ओली जोगी नभएर एमालेको अध्यक्ष भएको र एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति भएको बताएका छन् ।उनले ओलीको बन्न लागेको घरप्रति टाउको नदुखाउन भन्दै अध्यक्ष ओलीको आवास उनको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्व अनुसार नै निर्माण हुने स्पष्ट गरेका छन् ।उनले भनेका छन् केपी ओली जोगी होइनन्, एमाले नेपालकै ठूलो र सक्षम राजनीतिक शक्ति हो। उहाँ त्यस्को अध्यक्ष हो । केपी ओलीका लागि २३ कोठाको घर बनाइन्छ भन्ने कुरा ‘अपेक्षा’ हो भने अव्यावहारिक छ र ‘ब्यङ्ग’ हो भने—ब्यङ्ग गर्नेहरूको घर, बसाइ र जीवनशैली सबैले देखेकै छौं ।
त्यसैले कृपया टाउको नदुखाउनुहोस् अध्यक्षको आवास उहाँको जनसम्पर्क, पार्टीको प्रभाव र दायित्व अनुसार नै निर्माण हुनेछ । यो घर सीमित समर्थक र शुभचिन्तकको सहयोगबाट बन्नेछ, जहाँ गुण्डु र भक्तपुरवासीको विशेष भूमिका रहनेछ ।‘कुटी’, ‘भानुस’ वा ‘आश्रम’—यी त नामाङकण मात्रै हुन् । हिजो नेकपा फुटाएर एमाले सके भनेर के पी ओली “बार्दली गए” भनेर व्यंग्य गर्नेहरूलाई केपी ओलीले बार्दलीमै बसेर नेपालको राजनीति नियन्त्रण र सन्तुलन निर्धारण गर्ने व्यक्ति उहाँ नै हो । आज फेरी ‘राजनीतिबाट कुटी पुगे’ भनेहरूले बुझ्नु पर्ने कुरा यस्तो छ । राष्ट्रियता, विकास, समृद्धि र भत्किएको देशको पुनर्निर्माण केपी ओलीले कुटीबाटै गरेर देखाउने क्षमता राख्छन् ।
FACEBOOK COMMENTS