काठमाडौं । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले वोल्भ्समाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले वोल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
म्यानचेस्टर युनाइटेडको जितमा ब्रुनो फर्नानडेजले २ गोल गरेका थिए भने ब्रायन एम्बेउमो र मासन माउन्टले एक एक गोल गरेका थिए । त्यसैगरी वोल्भ्सका लागि एक गोल जीन रिसनर बेल्लेगार्डले गरेका थिए ।
यो जितपछि म्यानचेस्टर युनाइटेडको १५ खेलमा २५ अंक भएको छ र लिगमा छैटौं स्थानमा उक्लिएको छ । त्यसैगरी वोल्भ्सको १५ खेलमा २ अंक रहेको छ र अंकतालिकामा पुछारमा रहेको छ ।
FACEBOOK COMMENTS