काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को ‘बृहत् प्रदर्शन’ काठमाडौंमा सरू भएको छ ।
राजा, ‘जेनजी’ र राजनीतिक दलहरूबीच त्रिपक्षीय सम्झौता हुनुपर्ने मागसहित राप्रपाका नेता–कार्यकर्ताले मंगलबार काठमाडौंको रत्नपार्कमा प्रदर्शन गर्न लागेका हुन् ।
प्रदर्शनपछिको सभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनलगायत नेताले सम्बोधन गर्ने पार्टीका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिए ।
राप्रपा नेता ज्ञानेन्द्र शाहीको नेतृत्वमा आयोजित सभामा सबैलाई घरघरबाट आउन आह्वान गरिएको थियो ।
प्रदेश संरचना खारेज, हिन्दु, बुद्ध, किराँतसहितको हिन्दु अधिराज्य, संवैधानिक राजसंस्था र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री हुनुपर्ने मागका निम्ति आफूहरूले प्रदर्शन गरेको शाहीले बताएका छन् ।



FACEBOOK COMMENTS