काठमाडौँ । सहकारी ठगी मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई उच्च अदालत तुलसीपुरको बुटवल इजलासले धरौटीमा छाड्न आदेश दिएपछि पार्टीले अदालतले प्रतिशोध खारेज गरेको प्रतिक्रिया दिएको छ ।
पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीले अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भएकाले स्वच्छ राजनीति अगाडि बढाउने प्रतिक्रिया दिए ।
‘अदालतको घेराभित्र राजनीतिक प्रतिशोध खारेज भयो । अव स्वच्छ राजनीति अगाडि बढाउँछौँ,’ महामन्त्री बुर्लाकोटीले रातोपाटीलाई प्रतिक्रिया दिँदै भने, ‘अदालतले न्याय दिएको छ । धरौटीबापतको बिगो रकम पहिला नै बुझाइ सकेकाले आजै रिहा हुने अपेक्षा गरेका छौँ ।’
FACEBOOK COMMENTS