जनकपुरधाम । मधेश प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत पाएका छन् ।
शुक्रबार प्रदेश सभामा लिएको विश्वासको मतमा यादवको पक्षमा ९२ मत परेसँगै यादवले विश्वासको मत पाएका हुन् । आजको मतदानमा ९२ सांसद उपस्थित रहेका थिए । उनको विपक्षमा र तटस्थमा शुन्य मत परेको थियो ।
१०७ सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५४ मत आवश्यक रहेको छ । सात दलका ७७ जना सांसदको समर्थनमा कांग्रेसका संसदीय दलका नेता यादव गत मंसिर १९ गते मधेश प्रदेशको मुख्यमन्त्री नियुक्त भएका थिए ।
मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान अनुसार मुख्यमन्त्री यादवले १५ दिनपछि विश्वासको मत लिएका छन् ।
FACEBOOK COMMENTS