चितवन । उज्जालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज हुने भएको छ ।
भेलालाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्न उर्जा तथा जलस्रोत, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङ शुक्रबार नै चितवन आइसकेका छन् ।
भरतपुरको केन्द्रीय बसटर्मिनल नजिकै रहेको एक होटलमा आयोजना गरिएको पहिलो जिल्ला भेलालाई केन्द्रीय सदस्यहरु सिता पाण्डे, रिमा विश्वकर्मा र बागमती प्रदेश संयोजक प्रविन तामाङले पन सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
सो पार्टीका चितवन जिल्लाका अगुवा भविश्वर चापागाईंका अनुसार जिल्लाका विभिन्न क्षेत्रबाट पार्टीको कार्यक्रममा सहभागीहरु आउनेछन् । उनले भेलाले तर्दथ समिति गठन गर्ने र त्यसपछि मात्रै जिल्ला समितिले औपचारिक रुप पाउने बताए । उनले जिल्लाका भरतपुर महानगरपालिकासहित ७ वटै पालिकामा पार्टीले कमिटीहरु गठन गर्ने जानकारी दिए ।
FACEBOOK COMMENTS