काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्बशुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान सुरू गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजनासार्वजनिक गरेको हो ।
यस पुनर्जागरण अभियान पौष ६ गते देखी २८ गते सम्म लागू हुनेछ । पुनर्जागरण अभियानअन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थालेजनाएको छ । व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमाबीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ ।
साथैबीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्ष भन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुटनपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ । स्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधालिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ ।
हरेक नेपालीलाई बिमाको दायरा भित्र ल्याई बिमित र बिमितसँग आश्रितको आर्थिक पक्षसबल र सदृढ गर्नको लागि जीवन बिमा अनिवार्य रहेको छ।ग्राहकवर्गहरुले संस्थाको देशैभरि रहेका १६ ८ शाखा कार्यालयहरूबाट वा अनलाइनभुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्नुहुनेछ।
FACEBOOK COMMENTS