काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स कम्पनीले आजदेखि सर्वसाधा्रणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले ५७ हजार ७९८ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि र सर्वसाधारणका लागि ९ लाख २४ हजार ७६८ कित्ता सेयर छुटयाइएको छ ।
कम्पनीको प्रतिशेयर अंकित मूल्य १०० रुपैयाँ रहेको छ। यद्यपि, कम्पनीको प्रतिशेयर मूल्य भने ८२० रुपैयाँ ८० पैसा रहेको छ। अर्थात लगानीकर्ताले प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले आवेदन दिनु पर्नेछ।
लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा पुस ११ गतेसम्म आवेदिन सकिने छ । उक्त अवधिमा आवेदन नपरेमा पुस २१ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट सी आश्वा सदस्य लिएका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन सक्नेछन ।

बुक बिल्डिङ्ग निर्देशिका, २०७७ को दफा (१३) को उपदफा (१) बमोजिम बोलकबोल प्रणाली मार्फत आवेदन दिने योग्य संस्थागत लगानीकर्ताहरुलाई ७ लाख ७० हजार ६४० कित्ता शेयर बाँडफाँट गर्दा कटअफ मूल्य ९१२ रुपैयाँ निर्धारण भएको थियो । सोही मूल्यमा १० प्रतिशत छुट दिँदा प्रतिशेयर मूल्य ८२० रुपैयाँ ८० पैसा कायम गरेको हो ।

FACEBOOK COMMENTS