काठमाडौं । नागरिक अगुवाले २१ फागुनको निर्वाचनको लागि दलसँग संवाद गरेर वातावरण बनाउन सुझाएका छन् । सरकारले सोमबार सिंहदरबारमा गरेको सर्वपक्षीय छलफलमा सुझाव दिँदै उनीहरूले चुनाव समयमा गर्न सबै पक्षले आफूलाई सकारात्मक ढंगले प्रस्तुत गर्नुपर्ने बताएका हुन् ।
‘२१ फागुनको निर्वाचनको घोषणा राष्ट्रपतिबाट भएको हो । संविधानमा भएको छेडखानी मेटाउने फागुन २१ गतेको निर्वाचनबाट हो,’ उनले भने, ‘दल, सरकार, नवयुवाको समूह र जनताको हित हेर्नुपर्छ । यो नेपाली जनताको सरकार हो । देशभरका नवयुवाको सरकार हो ।’
निर्वाचनको तयारी र कानुन संशोधनको विषयमा दलसँग संवाद गर्नुपर्ने उनको भनाइ छ । ‘दलसँग संवाद नगरी कानुनी कुरा लागू गर्न अप्ठ्यारो हुन्छ । आयोग वा गृह मन्त्रालयले आफूखुसी गरे परिणाम के होला ? खेलको नियम परिवर्तन गर्नु हुँदैन,’ अधिकारीले भने, ‘दललाई भाग्न दिन हुँदैन । दललाई निरन्तर संवाद गरेर निर्वाचनमा ल्याउनुपर्छ । संवाद गरिरहनुपर्छ ।’
अधिकारकर्मी सुनिलबाबु पन्तले पुराना दलले निर्वाचनको माहौल नबनाएको आरोप लगाए । पुराना दलमा दोधारे नीति रहेको भन्दै उनले कुनै दलले भाग नलिए पनि निर्वाचन गराउनुपर्ने बताए । सरु जोशीले दलबाहिर पनि जनता भएको भन्दै जिल्लाबाहिरबाट पनि भोट हाल्न पाउनुपर्ने बताइन् ।
‘नोट चल्ने, भोट नचल्ने क्रमको अन्त्य गर्नुपर्छ । बाहिर जिल्लाबाट भोटिङ गर्न पाउनुपर्छ,’ उनले भनिन्, ‘नागरिकताको आधारमा भोट दिने व्यवस्था फरक–फरक जिल्लाबाट गर्न सकिन्छ ।’ जेन–जी अगुवा सागर ढकाल र भावना राउतले जेन–जीको भावनाअनुसार निर्वाचनका कार्यक्रम अगाडि बढाउन आग्रह गरे । सकिँदैन भन्ने भाष्य अन्त्य गर्न पनि उनीहरूले आग्रह गरे ।

FACEBOOK COMMENTS