काठमाडौं । हिमालयन रिम फिल्म प्रदर्शनी काठमाडौं विश्वविद्यालयमा सम्पन्न भएको छ । यस प्रदर्शनीले चीन–नेपालबीचको सांस्कृतिक आदानप्रदानलाई अझ सशक्त बनाएको छ ।
प्रदर्शनीले उपस्थितहरुमा विद्यार्थीहरूले प्रविधि र संस्कृतिको संयोजनमा आधारित चिनियाँ एनिमेसनको चलचित्र प्रदर्शन गरिएको थियो । आधुनिक एआई प्रविधि, पौराणिक कथाहरू र सिर्जनात्मक प्रस्तुतिले दर्शकलाई आकर्षित गर्यो ।
गत बुधबार भएको प्रदर्शनीमा एआई प्रविधिमा आधारित प्रस्तुति रहेको थियो । साथै द स्पिरिट अफ द माउन्टेन्स फिल्मको विशेष स्क्रिनिङ गरिएको थियो । सोही दिन सेतो सर्प फिल्म प्रदर्शनी गरिएको थियो ।
गत बिहीबार आयोजित “फिंगरटिप क्रिएशन्स” कार्यशाला कार्यक्रमको मुख्य आकर्षण बन्यो । नेपाली कालिगढहरूले परम्परागत हस्तनिर्मित कागज बनाउने प्रक्रिया प्रस्तुत गरे ।
विद्यार्थीहरूले स्थानीय, पर्यावरणमैत्री कागज प्रयोग गरी नयाँ देवताहरू याङ जियान, सेतो सर्प र हेई २ जस्ता चिनियाँ एनिमेसन फिल्मबाट प्रेरित पोस्टर र चित्रहरू तयार पारे । यसले चिनियाँ एनिमेसन र नेपाली शिल्प परम्पराको सुन्दर फ्युजन प्रस्तुत गर्यो । सोही दिन नयाँ देवताहरू याङ जियान फिल्म प्रदर्शन गरिएको थियो ।



कार्यक्रमको अन्तिम दिन गत बिहीबा् बेइजिङ स्थित नर्मल युनिभर्सिटीका प्रोफेसर झाङ यानले “एआई–संचालित रूपान्तरण र फिल्म उद्योगमा नवीनता” विषयमा जानकारी गराए । उनले एआईले फिल्म निर्माण र उद्योगको भविष्य कसरी परिवर्तन गरिरहेको छ भन्ने विषयमा विद्यार्थीहरूसँग छलफल गरे ।

हिमालयन रिम फिल्म प्रदर्शनीले केवल फिल्म प्रदर्शनमा सीमित नरही प्रविधि, परम्परा र युवाहरूबीचको संवादलाई जोड दिए । कार्यक्रमले सिर्जना गरेका प्रभावहरू एनिमेसनप्रतिको चासो, परम्परागत शिल्पप्रतिको सम्मान र भविष्यका सहकार्यका सम्भावनाहरू—आगामी दिनहरूमा अझ फैलिँदै जाने अपेक्षा गरिएको छ।
FACEBOOK COMMENTS