काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने तारिख बुझ्नका लागि चितवन जाँदैछन् ।
बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका उनी चितवनको साहरा सहकारीको ठगी प्रकरणमा तारिख बुझ्न आज चितवन जिल्ला अदालत उपस्थित हुन लागेका हुन् ।
उनी बुद्ध एयरको जहाजमार्फत चितवन जाँदैछन् । यसअघि लामिछानेले सोमबार काठमाडौँ जिल्ला अदालतमा पनि तारिख बुझेका थिए ।
FACEBOOK COMMENTS