काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको प्रधानमन्त्री सुशिला कार्कीसहितको तीन दलका शिर्ष नेताहरुको छलफल सकिएको छ ।
शित्तल निवासमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री सुशीला कार्कीसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको हो ।
छलफलमा राष्ट्रपति पौडेलले फागुन २१ मा तोकिएको निर्वाचन सफल बनाउनुको विकल्प नरहेको बताएका थिए । राष्ट्रपतिको सचिवालयका अनुसार राष्ट्रपति पौडेलले निर्वाचन सफल बनाउने बातावरण बनाउन तीन दलका शिर्ष नेतालाई आग्रह गरेका थिए । साथै छलफलमा चुनावको वातावरण बनाउने गरि प्रधानमन्त्री सुशिला कार्कीसँग शिर्ष दलका नेताहरुले बालुवाटारमा थप छलफल गर्ने समझदारी बनेको छ ।
फागुन २१ मा तोकिएको निर्वाचनको मिति नजिक आइरहेको र प्रमुख दल नेपाली कांग्रेस र नेकपा एमाले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा अदालतमा गएको समयमा यो छलफल भएको छ ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनपछि प्रधानमन्त्री कार्कीको शिर्ष दलका तीन प्रमुख नेतासँग पहिलो पटक भेटवार्ता भएको छ ।

FACEBOOK COMMENTS