काठमाडौं । कुपण्डोलस्थित कुमार बेनको निवासमा यतिबेला धेरैको ध्यान केन्द्रित छ, जहाँ रास्वपा सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन्द्र साह वार्तारत छन् । कुमार बेन मेयर साहका निकट सहयोगी हुन् ।
बेन्जनकार निवासभित्र भुइँतल्लामा एउटा सानो कुटीजस्तो छाप्रो छ । त्यहीँ रवि र बालेन ढोका लगाएर बसिरहेको छन् । सुरूमा रवि र बालेनसँगै रास्वपाका असिम साह र कुमार बेनबीच प्रारम्भिक छलफल भएको थियो । त्यसपछि असिम र कुमार निस्केर रवि–बालेन वान टु वान छलफलमा छन् ।
घरमा अन्य व्यक्तिहरुको लर्को छ । जेन जीका अगुवा भनिएका सुदन गुरुङ घन्टौंदेखि त्यहीँ नै छन् । उनी रवि–बालेनको छलफल उपलब्धीपूर्ण हुने आशामा पर्खेर बसेका हुन् । यसैगरी बालेननिकट कलाकार अर्जुन घिमिरे ‘पाँडे’ र रियालिटी शो निर्देशक विशाल भण्डारी पनि देखिन्छन् । जेन जीका अगुवा भनिएका सुदन गुरुङले रवि र बालेन शाहसविच सहमति नहुदासम्म बाहिर जान नदिने बताएका छन् ।
FACEBOOK COMMENTS