काठमाडौं क्रिसमसको अवसरमा के. एल. दुगर ग्रुपका सदस्यहरुले गोकर्णेश्वरस्थित सुनौलो पाइला अनाथालयलाई १००० लिटरको पानी ट्यांकी प्रदान गर्नुको साथै त्यहाँ रहेका बालबालिकाहरुलाई विभिन्न उपहारहरु बाँडेको छ ।
कम्पनीले कक्षा १ देखि ८ सम्म अध्ययन गरिरहेका ६ देखि १६ वर्षका ९ जना बालबालिकालाई उपहार वितरण गरेको छ। यो भेट बालबालिकाका अनुहारमा मुस्कान ल्याउन र उनीहरूको क्रिसमस खुशीमय बनाउनको गरिएको हो।
के. एल. दुगर ग्रुपकी कार्यकारी निर्देशक सृष्टि दुगरको अनुसार बालबालिकाको जीवनमा साना क्षणहरुले पनि ठूलो फरक पार्न सक्दछ। उनीहरूको अनुहारमा देखिएको मुस्कान र खुशीले हामीलाई आफ्नो कर्तव्यको महत्त्वअझै बुझाएको छ । उपहार वितरण बाहेक, कम्पनीका प्रतिनिधिहरूले अनाथालयमा उल्लेखनीय समय बिताएका छन् । बालबालिकासँगै एउटै स्थानमा खाना खाँदै गरिएका रमाइला कुराकानी र विभिन्न गतिविधिहरूले यस दिनलाई अझ स्मरणीय बनाएको छ ।
कम्पनीको अनुसार यो कार्यक्रम समाजप्रति जिम्मेवारी पूरा गर्ने निरन्तर प्रयासको एक हिस्सा हो । उपहार वितरण सानो पहल भए पनि, यसले आवश्यक परेकाहरूको साथमा उभिने दुगर ग्रुपको दीर्घकालीन सोच झल्काउँछ । कम्पनीले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरू निरन्तर गर्ने र हरेक समुदायमा सकारात्मक परिवर्तन ल्याउने प्रतिबद्धता व्यक्त गरेको छ। सृष्टि दुगर – “यो सुरुवात मात्र हो, हामी चाडपर्वमा मात्र होइन, सधैँ समाजको साथमा रहन चाहन्छौँ ।


FACEBOOK COMMENTS