काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा बालेन्द्र साह ‘बालेन’ भित्रिदैमा आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।
आज आइतबार कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदै उनले रवि–बालेनको एकताले कांग्रेससहितका पुराना दलहरूलाई खासै प्रभाव पर्ने अवस्था आफुले नदेखेको प्रतिक्रिया दिएका हुन् ।
रवि र बालेन दुवै जना प्रश्न उठेकै व्यक्तिहरु भएको र जनताले प्रश्न सोधिरहेको उनको भनाइ छ । उनीहरु मिलेको भनेर आत्तिनुपर्ने कारण नभएकोमा उनले जोड दिए ।
FACEBOOK COMMENTS