काठमाडौं । नेपाल जेन जी फ्रन्टकी संयोजक रक्षा बमले जेन जी आन्दोलनका क्रममा निजी क्षेत्रमाथि आक्रमण गर्ने आफूहरूको कुनै योजना नभएको बताएकी छिन् ।
नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले आज बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’बारे सर्वपक्षीय राष्ट्रिय सम्वाद कार्यक्रममा उनले निजी क्षेत्रमाथि भएको आगजनी, तोडफोड र लुटपाट जेन जीहरूले नगरेको बताएकी हुन् ।
भदौ २३ गते भएको घटनापछि भदौ २४ गते विभिन्न ठाउँमा आगजनी, लुटपाट तथा तोडफोड भएको उनको भनाइ छ । ‘भदौ २३ पछि भदौ २४ गते आएको हो,’ उनले भनिन् ।
यस्तै, उनले कुशासनका लागि सबैले आआफ्नो भागको जिम्मेवारी समेत लिनुपर्ने उनले बताएकी छिन् । ‘कुशासन किन बढेको हो । सबैले आ–आफ्नो भागको जिम्मेवारी लिएर संक्रमणकालीन अवस्थाबाट निकास दिनुपर्छ,’ उनले भनिन् ।
FACEBOOK COMMENTS