काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) का अध्यक्ष चन्द्र प्रसाद ढकालले गत भदौ २३ र २४ को आन्दोलनमा निजी क्षेत्रमाथि आक्रमण गर्नेहरूमाथि शीघ्र कारबाही नहुँदा निजी क्षेत्र चिन्तित रहेको बताएका छन् ।
महासंघले आज बुधबार आयोजना गरेको ‘शान्ति, स्थायित्व र समृद्धिका लागि सहकार्य’बारे सर्वपक्षीय राष्ट्रिय सम्वाद कार्यक्रममा उनले गलत काम गर्नेहरूमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ताले निजी क्षेत्र ग्रसित रहेको बताएका हुन् ।
जेन जी आन्दोलनको बाहानामा विभिन्न उद्योग, व्यवसाय र प्रतिष्ठानहरूमा लुटपाट। तोडफोड र आगजनी गर्नेहरूमाथि तत्काल कारबाही गरी उद्योगी–व्यवसायीहरूको मनोबल उकास्न आवश्यक रहेको उनको भनाइ छ ।
‘निर्वाध रूपमा काम गर्ने वातावरण अझै बनेको छैन, गलत काम गर्नेमाथि कारबाही नहुँदा दण्डहीनता बढ्ने चिन्ता बढेको छ,’ अध्यक्ष ढकालले भने, ‘लगानीबिना रोजगारी हुँदैन । रोजगारी नभए आय बढ्दैन, शिक्षा र स्वास्थ्य शिक्षा सर्वसुलभ बनाउन राजस्व बढ्नुपर्छ । राजस्व बढ्न सरकार निजी क्षेत्रमैत्री हुनुपर्छ ।’ निजी क्षेत्रको सम्मान नभएसम्म मुलुकमा लगानी नआउने उनको भनाइ थियो ।
तलको लिंकमा पढ्नुहोस् अध्यक्ष ढकालको पूर्ण मन्तव्य–


FACEBOOK COMMENTS