काठमाडौं । मेटलाइफले नेपाल सरकारको भौतिक पूर्वाधार पुन:निर्माण कोषमा २५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
यस हप्ता मेटलाइफ नेपालले सरकारका अर्थमन्त्री रामेश्वर प्रसाद खनाललाई उक्त सहयोग रकम हस्तान्तरण गरेको हो ।
यस सहयोगमार्फत कम्पनीले नेपालका स्थानीय समुदायहरूको हितप्रति आफ्नो निरन्तर प्रतिबद्धता व्यक्त गरेको छ ।
देशको भौतिक संरचनाहरूको पुन:निर्माणमा योगदान दिई जनजीवन सहज बनाउने सरकारको पहलमा साथ दिनु नै यस सहयोगको मुख्य उद्देश्य रहेको मेटलाइफ नेपालले जनाएको छ ।
FACEBOOK COMMENTS