काठमाडौं । दिगो ग्रुप अफ इंडस्ट्रीज अन्तर्गत सञ्चालित दिगो इ–स्टपले कुरिनटारमा विश्वप्रसिद्ध रेस्टुरेन्ट चेन केएफसीको नयाँ आउटलेट औपचारिक रूपमा उद्घाटन गरेको छ ।
उद्घाटनको अवसरमा ग्राहकहरूका लागि सीमित समयका लागि २५ प्रतिशत विशेष छुट उपलब्ध गराइएको छ । जसले राजमार्गमा यात्रा गर्ने यात्रु तथा स्थानीय समुदायका लागि भोजन र विश्रामको अनुभवलाई अझ सहज र आकर्षक बनाउने अपेक्षा गरिएको छ । कुरिनटारमा पुग्ने यात्रुहरूले सवारी साधन चार्ज गर्दै कैएफसी खान पाउने छन् ।
“दिगो इ–स्टपमा हाम्रो उद्देश्य सधैं यात्रुहरूका लागि दीगो, सहज र गुणस्तरीय अनुभव प्रदान गर्नु हो,” दिगो ग्रुप अफ इंडस्ट्रीजका ग्रुप सिइओ सौरभ श्रेष्ठले भने, “कुरिनटारमा प्ँऋ को उद्घाटनसँगै हामी यात्रुहरूलाई सुविधा, विकल्प र विश्वस्तरीय स्वाद एउटै स्थानमा उपलब्ध गराउने दिशामा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेका छौं ।”
FACEBOOK COMMENTS