काठमाडौँ । भेनेजुएलामा अमेरिकी सैन्य कारबाही पछि, राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण अमेरिकाका धेरै देशहरूलाई खुलेआम धम्की दिएका छन् ।
डोनाल्ड ट्रम्पले अमेरिकालाई आफ्नो राष्ट्रिय सुरक्षाको लागि ग्रीनल्याण्ड चाहिने बताएर अब उनको निशाना ग्रीनल्याण्ड भएको संकेत गरेका छन् । उनले एयर फोर्स वनमा मिडियासँग कुराकानी गर्दै आर्कटिक टापुको नियन्त्रण आवश्यक रहेको आफ्नो पुरानो विचार दोहोर्याएका हुन् ।
ट्रम्पले स्पष्ट रुपमा भेनेजुएलामा अमेरिकी सैन्य कारबाही अन्तिम नभएको बताउदै अमेरिकालाई ग्रीनल्याण्ड चाहिने बताए ।
ट्रम्पले भने, ‘‘राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट हामीलाई ग्रीनल्याण्ड चाहिन्छ । यो धेरै रणनीतिक महत्त्वको छ र हाल ग्रीनल्याण्ड रूसी र चिनियाँ जहाजहरूले घेरिएको छ।ुट्रम्पले अमेरिकाले पश्चिमी गोलार्धलाई प्रतिद्वन्द्वी शक्तिहरूबाट जोगाउनु पर्ने तर्क गरेका छन् । उनले आर्कटिकमा रूस र चीनको बढ्दो गतिविधिका कारण, ग्रीनल्याण्ड धेरै महत्त्वपूर्ण छ, विशेष गरी बरफ पग्लने कारणले गर्दा, नयाँ जलमार्ग र सैन्य अवसरहरू खुलिरहेका छन् ।’’
ट्रम्पले अमेरिकाले ग्रीनल्याण्डमा नियन्त्रण प्राप्त गर्नेमा विश्वास व्यक्त गरेका छन् । उनले ग्रीनल्याण्डमा ५७ हजार मानिसहरू अमेरिकासँगै बस्न चाहेको दाबि समेत गरेका छन् ।उनले २०१९ मा आफ्नो पहिलो कार्यकालमा ग्रीनल्याण्ड किन्ने विचार पहिलो पटक उठाएका थिए ।

उनले अन्तर्राष्ट्रिय सुरक्षाको लागि अमेरिकी नियन्त्रणलाई धेरै महत्त्वपूर्ण भनेका थिए । ग्रीनल्याण्ड उत्तरी अमेरिका र युरोपमा अवस्थित छ ।त्यसअघि ट्रम्पले क्युबाको बारेमा चेतावनी जारी गरेका थिए ।

उनले क्युबाको कम्युनिष्ट सरकार धेरै गाह्रो अवस्थामा रहेको बताउदै भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोको गिरफ्तारी पछि, क्युबा वाशिंगटनको दबाबको सामना गर्ने अर्को देश हुन सक्छ भन्ने संकेत गरेका थिए ।

FACEBOOK COMMENTS