काठमाडौँ । नेकपा एमालेका सचिव महेश बस्नेत आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ भक्तपुर(२ बाट एकल सिफारिस भएका छन्।
निर्वाचन क्षेत्रीय समन्वय कमिटीको बैठकले बस्नेतलाई सर्वसम्मत रूपमा उम्मेदवार बनाउन जिल्ला कमिटीलाई सिफारिस गरेको हो ।
बस्नेत २०७४ को निर्वाचनमाा यसै क्षेत्रबाट निर्वाचित थिए भने २०७९ को निर्वाचनमा पराजित भएका थिए ।
बस्नेतले उम्मेदवारको दाबेदारी गर्ने नेताहरू राजेन्द्र राजथला र अनिल श्रेष्ठलाई उम्मेदवारी फिर्ता लिएकोमा धन्यवाद दिएका छन् ।
FACEBOOK COMMENTS