काठमाडौँ । भेनेजुएलाकी कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले अमेरिकासँग सहकार्य गर्ने प्रस्ताव गरेकी छिन् ।
कार्यवाहक राष्ट्रपतिको रूपमा आफ्नो पहिलो मन्त्रिपरिषद् बैठकपछि रोड्रिगेजले देश शान्तिप्रति प्रतिबद्ध रहेको र अमेरिकासँग ’सन्तुलित र सम्मानजनक’ सम्बन्धतर्फ अघि बढ्न प्राथमिकता दिने बताएकी छन् ।
उनले अमेरिकी सरकारलाई अन्तर्राष्ट्रिय कानूनको ढाँचा भित्र ’सहयोगको एजेन्डा पछ्याउन मद्दत गर्न’ आमन्त्रित गरेकी छन् । रोड्रिगेजले भनिन्– ’राष्ट्रपति डोनाल्ड ट्रम्प, हाम्रा जनता र हाम्रो क्षेत्र युद्ध होइन, शान्ति र संवादको हकदार छन् ।
यो सधैं राष्ट्रपति निकोलस मादुरोको सन्देश रहेको छ र यो अहिले सबै भेनेजुएलाको सन्देश हो । भेनेजुएलासँग शान्ति, विकास, सार्वभौमिकता र भविष्यको अधिकार छ ।’ ट्रम्पले भने अमेरिकाले अब भेनेजुएलालाई नियन्त्रण गर्ने बताएका छन् ।
।
FACEBOOK COMMENTS