काठमाण्डौं– अन्तराष्ट्रिय बजारमा चिनीको मुल्यमा भारी गिरावट आइरहेको बेलामा नेपालमा भने आकाशिने निश्चित भएको छ ।
सरकार चिनी उद्योगीको प्रलोभनमा परि चिनी आयत रोकी चिनीको भाउ बढाउनमा व्यवसायीलाई साथ दिइरहेको छ ।
अहिले अन्तराष्ट्रि बजारमा चिनीको मूल्यमा व्यापक ह्रास आई प्रति किलो रु. २२ मा पाइ रहेको अवस्थामा स्वदेशी चिनी उद्योगीहरुले आफनो उत्पादनको मूल्य अहिले पनि स्थानीय बजारमा ८५ देखि ९५ रुपैयां प्रति किलो नै लिइ रहेको राष्ट्रिय उपभोक्ता मञ्चले गरेको संर्वेक्षणमा भेटिएको मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।
आफनो स्वार्थ अनुकूल व्याख्या गरी अहिले सरकारलाई दवाव दिई अन्तराष्ट्रि बजारमा चिनीको मूल्यमा आएको व्यापक गिरावटको बाबजूद स्वदेशी उद्योगहरुले बिदेशी चिनी संग प्रतिस्पर्धा गर्न नसकेको दावी गरी चिनी आयातमा नै प्रतिबन्ध लगाउने काम गर्न लगाउनु पूर्णत खुला बजार अर्थ निती र स्वच्छ प्रतिस्पर्धाको नीति बिपरित रहेको महर्जनको ठहर छ ।
२०७३ चैत र २०७४ को बैशाखमा बजारमा चिनीको अभाव हुनासाथ अन्तराष्र्टिय बजारमा मूल्य बढेकोले स्थानीय बजारमा पनि चिनीको मूल्य बढेको र सीमा मूल्यलाई आधार मानेर चिनीको मूल्य निर्धारण गर्नु परेको व्याख्या तत्कालिन अवस्थामा गरेका उद्योगीहरुले लागत मूल्य रु. ५६ देखि ६६ मात्र परेको बेलामा स्थानीय बजारमा ८५ देखि ९५ रुपैयांसम्म लिने गरेको र अधिकतम मुनाफा २६ प्रतिशतसम्म लिएको सरकारी प्रतिवेदनबाट नै देखिएकोबाट स्वदेशी उद्योगीहरु राष्ट्र र जनताको हित भन्दा आफनै हितमा मात्र काम गरेको राष्ट्रिय उपभोक्त मञ्चको आरोप छ ।
‘अहिले स्टकमा रहेको चिनीले देशको आवश्यकता पूरा नहुने प्रष्ट देखिन्छ । आपूर्ति व्यवस्थापन सुदृढ गर्नको लागी नपुग चिनी आयात गर्ने पर्ने बाध्य रहेको सरकारलाई चिनी आयातमा नै प्रतिबन्ध लगाई स्वदेशी चिनी महंगोमा बिक्रि बितरण गर्न बाध्य पार्ने आफैमा षडयन्त्रमुलक रहेको महसुस गरेकाछौं ।’ उपभोक्ता मञ्चले प्रधानमन्त्रीलाई बुझाएको ज्ञपानपत्रमा उल्लेख गरेको छ ।
नेपाली चिनी उद्योगीले विदेशबाट अवैधरुपमा आयात गरेर थुपारेको चिनी उद्योगीले महंगोमा बिक्रिगर्न सरकारलाई आयतमा प्रतिबन्ध लगाउन दवाव दिएका थिए ।
FACEBOOK COMMENTS