काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य वृद्धि भएको छ भने चाँदीको मुल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुनको तोलाको २१ सयले बढेर तोलाको २ लाख ६७ हजार ८ सयमा कारोबार भइरहेको छ ।
यसअघि विहिबार सुन तोलाको २ लाख ६५ हजार ७ सयमा कारोबार भएको थियो ।
त्यसैगरि चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले घटेर तोलाको ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि विहिबार चाँदी तोलाको ४ हजार ८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS