काठमाडौँ । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारीले विशेष महाधिवेशनमा सबै नेताहरु सहभागी हुने वातावरण बनाउन आफुहरु लागिरहेको बताएका छन् ।
विशेष महाधिवेशन बारे आफ्नो धारणा सार्बजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा नेता भण्डारीले आफुहरु पार्टी सभापति शेरबहादुर देउवासहितका सबै नेताहरुलाई विशेष महाधिवेशनमा भाग लिने वातावरण बनाउन लागेको बताए ।
उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशनको रुपमा बदलेर जान सकिने विषयमा नेताहरुबीच छलफल भइरहेको बताए । पत्रकार सम्मेलनमा अर्का नेता डा. सुनिल शर्माले विशेष महाधिवेशनको अन्तिम समय पनि सबै नेताहरु सहभागी हुने दाबि गरे ।
आफुहरु पार्टी एकता कायम राख्न छलफलमा रहिरहेको बताउदै यसको सकारात्मक नतिजा आउने विश्वास व्यक्त गरेका छन् ।
FACEBOOK COMMENTS