काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सोमबार चितवनको सौराहामा सम्पन्न भएको हो ।
उक्त सभाले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गरी आथिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति लगायतका प्रस्तावहरुसँगै सेयरधनीहरुलाई १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश (बोनस सेयर र नगद लाभांशमा लाग्ने कर समेत) वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।
बोनस सेयर पश्चात यस संस्थाको चुक्तापुँजी रु.२ अर्व ५ करोड ५१ लाख १४ हजार पुगेको छ । संस्थाका सञ्चालक समितिका अध्यक्ष दिपक खनालको अध्यक्षतामा सम्पन्न २४ औं वार्षिक साधारण सभामा आथिक वर्ष . २०८१/८२ को वार्षिक प्रतिवेदन उपर सहभागी सेयरधनीहरुले राखेको जिज्ञासाहरुको अध्यक्षले स्पष्ट पारे ।
संस्थापक तर्फ बाँकी अवधिको लागि नेपाल बैंक लिमिटेडको तर्फबाट प्रदिप कुमार पाठक र सर्वसाधारण तर्फ ३ जना सञ्चालकहरु क्रमश: शिवप्रसाद भट्टराई, आयुषी सापकोटा र पुष्करनाथ भण्डारी निर्विरोध निर्वाचित भएका छन् ।
FACEBOOK COMMENTS