काठमाडौं । लगातार उकालो लागेको सुनको मूल्यले मंगलबार अर्को कीर्तिमान कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस छापावाल सुन तोलामा १८ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन प्रतितोला दुई लाख ७४ हजार ७०० कारोबार भएको थियो ।
अब उपभोक्ताले एक तोला छापावाल सुन किन्न दुई लाख ७६ हजार ५०० रुपैयाँ खर्चिनुपर्ने भएको छ ।
चाँदीको मूल्यमा पनि अर्को रेकर्ड बनेको छ । मंगबार चाँदीको भाउ प्रतितोला पाँच हजार ३४० रुपैयाँ पुगेको छ ।

यो अघिल्लो दिनको तुलनामा १४५ रुपैयाँ बढी हो । सोमबार चाँदी प्रतितोला पाँच हजार १९५ रुपैयाँ थियो ।

FACEBOOK COMMENTS