काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सोलान जिल्लाको अर्की भन्ने ठाउँमा ग्यास सिलिन्डर विस्फोट हुँदा ९ जना नेपालीको मृत्यु भएको छ ।
सल्यानको सिद्धकुमाख गाउँपालिका– २, का वडाध्यक्ष मेकबहादुर बुढाथोकीका अनुसार घटना २७ पुसको हो । उनका अनुसार मृत्यु हुनेमा सल्यानको सिद्धकुमाख गाउँपालिका– २, स्थित टाकुरा गाउँका दुई परिवारका सदस्य छन् ।
घटना २७ पुसको भए पनि उनीहरूको पहिचान खुल्न समय लागेको उनले बताए । मुत्यु हुनेमा स्थानीय धनबहादुर विक, कविता विक, राधा विक, रेनुका विक, राजन विक, काशिराम कामी, अनु विक, टिका विक, किरण विक छन् । मजदुरीको क्रममा दुईअघि उनीहरू हिमाचल प्रदेश गएका थिए ।
वडाध्यक्ष बुढाथोकीका अनुसार आइतबार राति मृतकहरू सुतिरहेको कोठामा अचानक ग्यास विस्फोट भई आगलागी भएको थियो । उक्त आगलागीमा परेर उनीहरूको घटनास्थलमै मृत्यु भएको वडाध्यक्ष बुढाथोकीले बताए । घटनापछि वडा कार्यालयले आज शोक बिदा दिएको छ ।
FACEBOOK COMMENTS