काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ ।
प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार मंगलबार अन्त्यष्टि गरिएको हो ।
प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्याइएको थियो । उनको अन्त्येष्टिमा सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।
४३ वर्षको उमेरमा प्रशान्तको आइतबार दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट निधन भएको थियो ।
सन् २००७ मा भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि प्रशान्त लोकप्रिय बनेका थिए ।
पहिलो पटक नेपाली मुलका गायक इण्डियन आइडलमा गएको भन्दै उनलाई जिताउन नेपालमा पनि अभियाननै चलाइएको थियो ।

कोलकोता प्रहरीका जागिरे रहेका प्रशान्त इन्डियन आइडल जितेपछि जागिर छोडेर गायन र अभिनयमा केन्द्रित बनेका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतला नेपाली फिल्म अभिनय गरेका छन् ।

FACEBOOK COMMENTS