काठमाडौं । एसएमएस पठाएर राजावादी प्रदर्शनमा आउन उक्साउने निर्देश सेढाईं पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सेढाईंलाई पक्राउ गरेको हो । ५० लाख जनालाई म्यासेज पठाएको खुलेको छ ।
उनले दूरसञ्चार कम्पनीसँग सम्झौता गरि नेपाल टेलिकमको गेट वे प्रयोग गरेर एटी अलर्टको नाममा म्यासेज पठाउने गरेको प्रहरीले जनाएको छ । । म्यासेज पठाउनका लागि सेढाईंले एक करोड खर्च गरेका थिए ।
सेढाईं चितवनबासी हुन् । उनि कारको व्यवसायी हुन् र पेट्रोल पम्प समेत सञ्चालन गर्दै आएका छन् ।

FACEBOOK COMMENTS