काठमाडौं । हिमालयन बैंक लिमिटेडको ३३औँ वार्षिक साधारण सभा पौष ३० गते सफलतापूर्वक सम्पन्न भएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठको सभापतित्वमा सम्पन्न सभाले बैंक तथा बैंकका सहायक कम्पनीहरू सहितको एकिकृत वित्तीय विवरण पारित गरेको छ ।
सभामा अध्यक्ष श्रेष्ठले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै बैंकको वित्तीय गतिविधि, नाफा–नोक्सान, र सञ्चालन अवस्थाबारे विस्तृत जानकारी दिएका थिए ।
साधारणसभाले कम्पनी ऐन, २०६३ को दफा ११ अनुसार आर्थिक वर्ष २०८२/८३ का लागि वर्तमान लेखापरीक्षकलाई पुन: नियुक्त गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ ।
त्यसैगरी, नियामक निकायको निर्देशन अनुसार बैंकको पूँजी संरचनासँग सँगसँगै संचालक समितिको संरचना परिमार्जन गर्न आवश्यक कार्य गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
यस बैठकले बैंकको व्यवस्थापन क्षमता, नियामक पालन र वित्तीय पारदर्शिता कायम राख्दै आगामी आर्थिक वर्षका चुनौती सामना गर्ने दिशामा ठोस कदम चाल्ने संकेत दिएको छ ।

FACEBOOK COMMENTS