काठमाडौं । नेताद्वय गगन थापा र विश्वप्रकाश शर्मा पार्टीको विशेष महाधिवेशनमा सर्वसम्म उमेदवार छान्न छलफलमा जुटेका छन् ।
सर्वसम्मत लिस्ट तयार पार्न थापा र शर्मा निस्किएका हुन् । उनीहरूलाई सर्वसम्मत उमेदवार छान्न हलले अनुमति दिएको छ ।
अब एकमुष्ट उमेदवार चयन गरी महाधिवेशन हलमा प्रस्ताव प्रस्तुत हुनेछ ।
त्यसलाई हलले अनुमोदन गरे निर्वाचन आयोग पुर्यार्ने गरी महाधिवेशनको निर्वाचन समितिले तयारी अघि बढाएको छ ।
FACEBOOK COMMENTS