काठमाडौँ, श्रावण ३२ – मोरङमा कोरोना भाइरसको संक्रमणबाट एक महिलाको मृत्यु भएको छ । विराटनगर निवासी ५० वर्षीया महिलाको बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. दिनेश सापकोटाका अनुसार ती महिलालाई विराटनगरस्थित न्युरो अस्पतालबाट रिफर गरिएको थियो । पछिल्लो ४–५ दिनदेखि अत्यधिक ज्वरो, खोकी तथा श्वास फेर्न समस्या रहेको थियो ।
सापकोटाका अनुसार फोक्सोको तथा थाइरोइडको समस्या रहेको थियो । त्यस्तै उनको दिल्लीबाट मुटुको उपचार हुँदै आएको थियो ।
उनको आइतबार बिहान मृत्यु भएको र नियमअनुसार शवको व्यवस्थापन भइरहेको सापकोटाले बताए ।
FACEBOOK COMMENTS