काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौं जिल्लाका १० क्षेत्रका उम्मेदवार्को टुंगो लगाएको छ । नेकपाले प्रत्यक्षतर्फका १० जना उम्मेदवार आज टुंगाएको हो ।
जसमा काठमाडौं–१ बाट मेनुका भण्डारी, काठमाडौं–२ मा नितेश पौडेल, काठमाडौं–३ मा निरज लामा, काठमाडौं–४ मा इन्द्र भुषाल, काठमाडौं–५ मा कल्पना शर्मालाई उम्मेदवार बनाएको छ ।
त्यसैगरी काठमाडौं–६ मा हिमाल शर्मा, काठमाडौं–७ मा वसन्त मानन्धर, काठमाडौं–८ मा सुमन सायमी, काठमाडौं–९ मा राधाकृष्ण महर्जन र काठमाडौं–१० मा हितमान शाक्यलाई उम्मेदवार बनाएको छ ।
FACEBOOK COMMENTS