काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको तोलाको २९ सयले बढेर तोलाको २ लाख ९२ हजार २०० मा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको २ लाख ९५ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५० रुपैयाँले घटेर तोलाको ५८७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार चाँदी तोलाको ५९२० रुपैयाँमा कारोबार भएको थियो ।

FACEBOOK COMMENTS