सुर्खेत । राष्ट्रिय सभा निर्वाचनमा कर्णाली प्रदेशबाट कांग्रेसका ललितजंग शाही र एमालेकी मिनासिंह रखाल विजयी भएकी छन् ।
कर्णालीमा राष्ट्रिय सभाका दुई पदमा भएको निर्वाचनमा अन्य कलस्टरबाट उम्मेदवार बनेका कांग्रेस प्रदेश सभापति शाहीले ३ हजार २७८ मतभार प्राप्त गर्दै विजयी भएका हुन् ।
त्यस्तै महिलातर्फ एमालेकी केन्द्रीय सदस्य रखालले ३ हजार १४५ मतभार प्राप्त गर्दै विजयी भएकी हुन् ।
त्यस्तै नेकपाका दुवै उम्मेदवार पराजित भएका छन् । नेकपाले रुकुम पश्चिमका पुराना नेता बुद्धिप्रसाद शर्मा र डोल्पाकी अन्जु महतरालाई उम्मेदवार बताएका थियो ।
आइतबार भएको मतदानमा कुल १९८ मतदाता मध्ये १९१ मत खसेको थियो ।

राष्ट्रिय सभाको निर्वाचनमा एमाले, नेपाली काँग्रेस र जसपा नेपालले तालमेल गरेका थिए ।

FACEBOOK COMMENTS