काठमाडौं । भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले जारी पुँजी १ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २० करोड रुपैयाँको २० लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमा १० लाख कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय, १ लाख कित्ता सेयर साधारणका लागि निष्कासन गरेको छ ।
यस्तै कम्पनीका कर्मचारीलाई २० हजार कित्ता, सामूहिक लगानी कोषका लागि ५० हजार कित्ता सेयर निष्कासन गरेको छ । अब बाँकी रहेको ८ करोड ३० लाख रुपैयाँको ८ लाख ३० हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको हो ।
आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिने छ । आईपीओमा माघ १५ गतेसम्म आवेदन दिन सकिने छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा माघ २६ गतेसम्म आवेदन दिन सकिने छ ।
यसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा कुमारी क्यापिटल रहेको छ । लगानीकर्ताले धितोपत्र बोर्डबाट सी आश्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयर मार्फत आवेदन दिन पाउनेछन् ।

FACEBOOK COMMENTS