काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आज बस्ने मन्त्रिपरिषदको नियमित बैठकमा भन्सार नियमावली पेश गर्न लागिएको बताएका छन् ।
भन्सार ऐन कार्यान्वयनमा ल्याउने उद्देश्यसहित उक्त नियमावली आज मन्त्रिपरिषद् बैठकमा पेश गर्न लागिएको उनले बताएका छन् ।
मन्त्री खनालले भन्सार ऐन आएपनि नियमावली नआएकै कारण ऐनमा भएका व्यवस्था कार्यान्वयनमा जान नसक्ने अवस्था थियो । मन्त्रिपरिषद्बाट नियमावली स्वीकृत गरे उक्त ऐन कार्यान्वयनको बाटो खुल्ने छ ।
FACEBOOK COMMENTS