काठमाडौँ । युक्रेनविरुद्धको युद्धमा लड्न अस्वीकार गर्ने रुसी सैनिकहरूलाई आफ्नै कमाण्डरहरूले कडा सजाय दिइरहेको खुलासा भएको छ ।
यस्तै कमाण्डरले आफ्ना सैनिकलाई कडा सजाय दिएको एक भिडियो सामाजिक सञ्जालमा अहिले भाइरल भएको छ । भिडियोमा, केही सैनिकहरू चिसोमा नाङ्गो पारेर रूखमा बाँधिएका छन्, कडा चिसोमा काँपिरहेका छन् ।
एउटा भिडियोमा, एक वरिष्ठ अधिकारीले जबरजस्ती एक सिपाहीको मुखमा बरफ भरिदिन्छन्, जबकि सिपाहीले माफी माग्छ । अधिकारीले उनलाई चिच्याउछन्, उनले आदेशको अवज्ञा गरेको र आफ्नो पद त्याग्न खोजेको भन्दै कराउछन् ।
मिडिया रिपोर्टका अनुसार, यी सैनिकहरूलाई युक्रेनविरुद्धको युद्धमा भाग लिन अस्वीकार गरेकोमा सजाय दिइएको हो । युक्रेनी च्यानल बुटुसोभ प्लसले अवस्थालाई जर्ज ओर्वेलको पुस्तक एनिमल फार्मसँग तुलना गर्दै रूसमा मानिसहरूलाई जनावर जस्तै व्यवहार गरिएको उल्लेख गरेको छ ।
यसैबीच, युक्रेनमा रुसको आक्रमण जारी छ, तापक्रम माइनस २० डिग्रीमा झरेको छ । हालैको आक्रमणपछि, खार्किभको लगभग ८० प्रतिशत भाग विद्युतविहीन भएको छ ।

FACEBOOK COMMENTS