काठमाडौं । एसएमएल इसुजुको नेपालका लागि एकमात्र वितरकलक्ष्मी कमर्सियल भेहिकल्स प्रालिले धादिङवेशीमानि:शुल्क सर्भिस क्याम्प सफलतापूर्वक सम्पन्न गरेको छ।
२५ देखि २७ जनवरीसम्म सृष्टि मोटर्स प्रालिमा आयोजना गरिएको उक्त सर्भिस क्याम्पमा १७५ भन्दा बढी सवारीसाधनको सर्भिसिङ गरिएको थियो।
क्याम्पलेसो क्षेत्रमा ब्रान्डप्रतिको विश्वास र उपस्थितिलाई अझमजबुत बनाएको कम्पनीले जनाएको छ।कार्यक्रममा एसएमएल महिन्द्रा इन्डियाका सर्भिसइन्जिनियर मनोज सैनी र एसएमएल इसुजु नेपालका सेल्स तथा आफ्टर सेल्स हेड संजय खड्का सहित अन्यअनुभवी सर्भिस टोलीको उपस्थिति रहेको थियो।
नि:शुल्क सर्भिसिङका साथै, इन्जिनियर तथामेकानिकहरूले ग्राहक सचेतना कार्यक्रम सञ्चालन गर्दैसवारीसाधनको उचित मर्मत–सम्भार, महत्वपूर्णपार्टपुर्जाको हेरचाह तथा सवारीसाधनलाई दीर्घकालीनरूपमा राम्रो अवस्थामा राख्ने उपायबारे जानकारी समेत प्रदान गरेका थिए।
एसएमएल इसुजु प्रयोगकर्ताको व्यवसायलाई सुरक्षित,भरपर्दो र निरन्तर अघि बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। उत्कृष्ट बिक्री पछिको सेवा, ग्राहकसन्तुष्टि तथा दीर्घकालीन विश्वास निर्माणप्रति आफूहरूप्रतिबद्ध रहेको कम्पनीको भनाइ छ।

FACEBOOK COMMENTS