काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई एमसीए प्रेसिडेन्ट–११ सँगको पहिलो अभ्यास खेलमा पहिला बलिङ गर्ने भएको छ ।
मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपाली कप्तान रोहित पौडेलले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेका हुन् ।
यस खेलमा नेपालबाट कप्तान रोहित पौडेल, कुशल भुर्तेल, आसिफ सेख, दिपेन्द्र सिंह ऐरी, लोकेश बम, आरिफ सेख, गुलशन झा, सोमपाल कामी, कारण केसी, शेर मल्ल र नन्दन यादव खेल्दैछन् ।
FACEBOOK COMMENTS