काठमाडौं । अमेरिकामा बस्ने नेपालीहरुको सामाजिक संस्था नेप्लिज एसोसिएसन अफ साउथ इस्ट अमेरिका (नासिया) ले नेपाल पुनःनिर्माण कोषका लागि करिब नौ लाख बराबर सहयोग गरेको छ ।
नासियाका कोषाध्यक्ष पुरनराज खतिवडाले आज बालुवाटारमा प्रधानमन्त्री सुशीला कार्कीलाई सो रकम बराबरको चेक हस्तान्तरण गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामबहादुर रावलले जानकारी दिए ।
उनले जेनजी आन्दोलनमा सहिद भएका युवाका परिवारको राहत तथा पुनःस्थापनाका लागि उक्त रकम सङ्कलन गरी सरकारलाई हस्तान्तरण गरिएको जानकारी दिए ।
FACEBOOK COMMENTS