काठमाडौं। यस बर्षको ग्रामी अवार्ड र्यापर केन्ड्रिक लामारले प्राप्त गरेका छन् ।
६८औं ग्रामी अवार्ड २०२६ लस एन्जलसमा आयोजना गरिएको थियो । केन्ड्रिक लामारले सर्वश्रेष्ठ र्याप एल्बम अवार्ड जितेर इतिहास रचेका हुन् ।
अब उनले यस श्रेणीमा सबैभन्दा धेरै ग्रामी नामांकनको रेकर्ड बनाएका छन् । त्यस्तै तिब्बती आध्यात्मिक नेता दलाई लामाले पनि आफ्नो पहिलो ग्रामी अवार्ड दिइएको छ ।
केन्ड्रिक लामारले यस वर्ष ९ ग्रामी नामांकन प्राप्त गरेका थिए । उनले धेरै प्रमुख पुरस्कारहरू जितेका छन् । अब उनको कुल २६ ग्रामी अवार्डहरू छन् । उनले सर्वश्रेष्ठ र्याप एल्बम र सर्वश्रेष्ठ र्याप गीत जितेर हिप – हप संगीतमा इतिहास रचे ।
यो जितसँगै, केन्ड्रिकले जे–जेडको रेकर्ड तोडेका छन् ।यस वर्षको ग्रामी अवार्डमा पप र र्याप मात्र नभई आध्यात्मिकताको झलक पनि प्रदर्शन गरिएको थियो । ९० वर्षको उमेरमा, तिब्बती आध्यात्मिक नेता दलाई लामाले सर्वश्रेष्ठ अडियोबुक, कथा, वा कथा कथन श्रेणीमा आफ्नो पहिलो ग्रामी अवार्ड जितेका छन् ।

उनले यो पुरस्कार आफ्नो एल्बम मेडिटेशन: द रिफ्लेक्सन्स अफ हिज होलिनेस द दलाई लामाू को लागि प्राप्त गरेका हुन् ।त्यस्तै लेडी गागा, प्रख्यात निर्माता सर्कुट र ज्याक एन्टोनफले सात–सात मनोनयन प्राप्त गरेका थिए । तीनै जनालाई फरक फरक विधामा मनोनयन गरिएको थियो ।

त्यसपछि ब्याड बन्नी, लियोन थोमस र सबरीना कारपेन्टरले छ–छ मनोनयन प्राप्त गरेका छन् । ६८औं ग्रामी अवार्ड समारोहमा धेरै प्रसिद्ध कलाकारहरूले शानदार प्रदर्शन गरेका थिए । लेडी गागा, जस्टिन बीबर, फेरेल विलियम्स र पप सनसनी सबरीना कारपेन्टरले आफ्ना हिट गीतहरूको प्रदर्शनले दर्शकहरूलाई मोहित पारेका थिए ।

क–कसले जिते अवार्ड ?

वर्षको एल्बम: ब्याड बन्नी–डेबी टिरार मास फोटोस

वर्षको रेकर्ड : केन्ड्रिक लामार र एसजेडए लुथरवर्षको गीत बिली एलिस–वाइल्डफ्लोवर
सर्वश्रेष्ठ नयाँ कलाकार: ओलिभिया डीन
सर्वश्रेष्ठ पप भोकल एल्बम: लेडी गागा – मेहेम
सर्वश्रेष्ठ पप सोलो परफरमेन्स : लोला योंग– मेसी
सर्वश्रेष्ठ अडियोबुक, कथा र कथा कथन: दलाई लामा
सर्वश्रेष्ठ पप एकल प्रदर्शन: सबरीना कार्पेन्टर–म्यानचाइल्ड
सर्वश्रेष्ठ पप जोडी र समूह प्रदर्शन: सिन्थिया एरिभो र एरियाना ग्रान्डे डिफाइङ ग्राभिटी
सर्वश्रेष्ठ नृत्य: इलेक्ट्रोनिक एल्बम एफकेए ट्विग्स – इयूएसइएक्सयुए
सर्वश्रेष्ठ नृत्य पप रेकर्डिङ: लेडी गागा–अब्राकाडाब्रा
सर्वश्रेष्ठ रक एल्बम: नेभर इनफ– टर्नस्टिल
सर्वश्रेष्ठ रक प्रदर्शन: यंगब्लड– चेन्जेज .(लाइभ फ्रम भिल्ला पार्क)
सर्वश्रेष्ठ र्याप एल्बम: केन्ड्रिक लामार– जीएनएक्स
सर्वश्रेष्ठ र्याप प्रदर्शन: डोइची–एङजाइटी
सर्वश्रेष्ठ मेलोडिक र्याप प्रदर्शन: केन्ड्रिक लामार र एसजीए– लुथर
सर्वोत्तम आर एन्ड बी प्रस्तुति: केहलानी– आफ्टर आवर्स
सर्वोत्तम आर एन्ड बी एल्बम: लियोन थोमस– म्यूटभिजुअल मिडियाका लागि लेखिएको
सर्वोत्कृष्ठ गीत: के पप डेमन हन्टर्सबाट गोल्डेन (के–पपको पहिलो जित)
सर्वोत्तम संगीत फिल्म: स्टीवन स्पिलबर्ग– जोन विलियम्स द्वारा संगीत (इजीओटी स्थिति प्राप्त)
सर्वोत्तम वैकल्पिक संगीत एल्बम: टायलर, द क्रिएटर– डोन्ट ट्याप द ग्लास
ज्याज भोकल एल्बम: सामारा जोय–पोट्रेट
FACEBOOK COMMENTS